भरतपुर विमानस्थल विस्तार हुँदै, भोलिदेखि अप्सट्रेकल लिमिटेशन सर्भे हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भरतपुर विमानस्थल विस्तार हुँदै, भोलिदेखि अप्सट्रेकल लिमिटेशन सर्भे हुने

फाइल तस्विर

चितवन/ ६ फागुन । भरतपुर विमानस्थल विस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने छ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरूप काम सुरु हुन लागेको हो । भरतपुर विमानस्थलका प्रमुख दीपक विकका अनुसार आज नै प्राविधिकहरूको टोली चितवन आइपुग्दै छ । उनले भने,’सोमबारदेखि काम अघि बढाउँदै छौं । एक हप्ताभित्र सर्भेको काम सम्पन्न हुनेछ ।’

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो । बैठकले विमानस्थल विस्तार र घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो । सर्भेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहोर्ने छ ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाइ कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालीन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाई इन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ । प्रमुख दाहालले सबैतिरबाट एकसाथ काम अघि बढ्ने भएकाले विमानस्थल विस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरिन् ।

Your Opnion

//