चर्चित अभिनेता मिथुन चक्रवर्ती अपोलो अस्पताल भर्ना - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

चर्चित अभिनेता मिथुन चक्रवर्ती अपोलो अस्पताल भर्ना

फाइल तस्बिर

काठमाडौं/२९ माघ । बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन्। उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना भएका उनलाई अहिले आइसियुबाट निकालिएको छ।

शनिबार उनलाई एक्कासी छाती दुखेपछि भारतको अपोलो अस्पतालमा लगिएको थियो। उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना(स्ट्रोक) भएको छ। उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी दिइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हाल उनको स्वास्थ्य अवस्था सुधार देखिएको अस्पाताल सुत्रले बताएको छ।

७३ वर्ष पुगेका उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समुहले उपचार गरिरहेका छन्।

उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।

Your Opnion

//