एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको प्रत्यक्ष निगरानी, बैंक ब्यवस्थापन फेल भएको आशंका - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको प्रत्यक्ष निगरानी, बैंक ब्यवस्थापन फेल भएको आशंका

फाइल तस्बिर

काठमाडौंर/८ माघ । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेले राजीनामा दिएको खवर बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण टोलीले काम सुरु गरेसँगै उनले राजीनामा दिएको सुत्र बताउँछ ।

घरायसी कारण देखाएर उनले राजीनामा दिएको बताइएको छ। यद्यपि, पाण्डेको राजीनामा स्वीकृत भने भएको छैन। बैंक समस्यामा रहेका बेला उच्च व्यवस्थापन तहका कर्मचारीले राजीनामा दिँदा बजारमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा रोकेको सूत्रको दाबी छ ।

राष्ट्र बैंकले अहिले एनआईसी एशिया बैंकमाथि अनुसन्धान गरिरहेको छ। बैंकले खराब कर्जा अनुपात कम देखाएको, नियमविपरीत कर्जा खडा गरेको, कानुनी सीमा मिचेर कर्जा दिएको लगायत प्रश्न उठेका छन्। राष्ट्र बैंकको निरीक्षणका क्रममा यस्ता दर्जनौं कैफियत भेटिएको बताइएको छ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा एनआईसी एशिया बैंकको पुँजीकोषमा अपुग हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। दुई आर्थिक वर्षपछि मात्रै यो बैंकले गत आर्थिक वर्ष करिब ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

एनआईसि एशिया बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि निराशाजनक देखिएको छ। चालु आवको दोस्रो त्रैमासमा एनआईसीको प्रतिसेयर आम्दानी ३१.१८ रुपैयाँले घटेको छ। दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको पुससम्ममा एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ पुगेको थियो।

तर, यो वर्ष पुसमा आउँदा ३१.१८ रुपैयाँले घटेर २५.५९ रुपैयाँमा झरेको छ। यो निकै फराकिलो गिरावट हो। अन्य कुनै पनि वाणिज्य बैंकको प्रतिसेयर आम्दानी यो हिसाबले घटेको छैन।

Your Opnion

//