फेरि सुरु भयो नेप्सेको ओरालो यात्रा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

फेरि सुरु भयो नेप्सेको ओरालो यात्रा

साङ्केतिक तस्बिर

काठमाडौं /२८ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रु चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको कारोबार भयो ।

एनआरएन इन्स्फास्ट्रचर रु १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी रु नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एशिया बैंक रु आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट रु आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी ६ दशमलव ४१, दोर्दी खोला जल विद्युत् कम्पनी पाँच दशमलव शुन्य आठ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०, युनिलिभर नेपाल सात दशमलव १४, गुराँस लघुवित्त सात दशमलव १३, गणपति लघुवित्त चार दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलव ४७ प्रतिशतले गुम

Your Opnion

//