आफ्नो नामको एक करोड २० लाख कित्ता सेयर अमेजनका संस्थापकले गरे बिक्री - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

आफ्नो नामको एक करोड २० लाख कित्ता सेयर अमेजनका संस्थापकले गरे बिक्री

फाइल तस्बिर

काठमाडौं /२८ माघ। इकमर्स कम्पनी अमेजनका संस्थापकले कम्पनीमा रहेको आफ्नो एक करोड २० लाख सेयर बिक्री गरेका छन् ।

रोयटर्सका अनुसार उनले दुई अर्ब अमेरिकी डलर बराबरको उक्त सेयर बेचेका हुन् । उनले दुई दिन (बुधबार र बिहीबार) गरी यो सेयर बेचेका हुन् ।

अमेजनले गत हप्ता नै बजोसले पाँच करोड सेयर बेच्ने योजना बनाएको जनाएको थियो ।

निश्चित सर्तमा आधारित यो बिक्री योजनाअनुसार बेजोसले २०२३ को नोभेम्बर ८ मा सुरु भएर २०२५ को जनवरी ३१ सम्म सेयर बिक्री गरिसक्नु पर्नेछ ।

विश्वकै दोस्रो धनाढ्यका रूपमा रहेका बेजोसले पुस्तक बिक्री गर्ने उद्देश्यका साथ सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए । सन् २०२१ मा उनले कम्पनीको सीईओ पद त्यागी अध्यक्ष बनेका थिए ।

Your Opnion

//