पाकिस्तानका बौद्ध सम्पदाबारे नेपालमा चर्चा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पाकिस्तानका बौद्ध सम्पदाबारे नेपालमा चर्चा

काठमाडौँ/२८ माघ । पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले नेपाल र पाकिस्तानका जनताबिचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदा क्षेत्र महत्त्वपूर्ण रहेको बताए ।

पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार राजदूत हास्मीले पाकिस्तान पुरातत्व विभागले युनेस्कोसँगको सहकार्यमा बौद्ध स्थलहरूको उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको छ । विशेष गरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेसावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकाले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको उनले बताए ।

त्यस्तै, अन्य सहभागी र अनुसन्धानकर्ताले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्वलाई स्वीकार गर्दै विशेष गरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटनका प्याकेजमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्न चाहेको जानकारी गराएका थिए ।

Your Opnion

//