इमाडोलमा घरको चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते महिलाको मृत्यु - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इमाडोलमा घरको चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते महिलाको मृत्यु

साङ्केतिक तस्बिर

काठमाडौँ/२८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलमा घरको चौथो तलबाट हामफालेर घाइते महिलाको मृत्यु भएको छ।

शनिबार बेलुका घरको चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी महिलाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ।

‘घटना शंकास्पद छ। कसरी मृत्यु भयो भन्न सकिने अवस्था छैन,’ ललितपुरका प्रहरी प्रवक्ता नवराज कार्कीले हिमाल प्रेससँग भने,‘अब पोस्टम्याटमबाट मात्र खुल्नेछ।’

प्रहरीका अनुसार महिलालाई हामफाल्दै गर्दा छिमेकीले देखेका थिए। घाइते महिलालाई अस्पताल भर्ना गरिएको थियो। तर अस्पतालले मृत घोषणा गर्‍यो।

कार्कीका अनुसार सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

Your Opnion

//