पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको झडपमा चार जनाको मृत्यु - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको झडपमा चार जनाको मृत्यु

फाईल तस्बिर

 

इस्लामावाद/२७ माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक प्रहरी र तीन ‘आतंककारी’को मृत्यु भएको छ ।

आतंककारीले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरीचौकीनजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन् ।

प्रहरीले जवाफी कारबाहीमा तीन आतंककारी मारिएको जनाएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । सिन्ह्वा

Your Opnion

//