शनिवार सौगात/ तिमीले हेर्ने आँखाको नानी बन्न सकूँ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शनिवार सौगात/ तिमीले हेर्ने आँखाको नानी बन्न सकूँ

  • एकता पुरी (प्युठानी)February 10, 2024
श्रष्टा एकता पुरी (प्युठानी)

तिमीले हेर्ने आँखाको नानी बन्न सकूँ
खुशीहरू फक्रिएको जवानी बन्न सकूँ

सबै भएर पनि नहोस् केही नभए जस्तो
तिमीले पाउँने मायाको खानी बन्न सकूँ

आकाश भन्दा फराकिलो छ मन तिम्रो
त्यै मनमा प्यारको राजधानी बन्न सकूँ

ठक्करै ठक्करले कुच्चिए पनि जिन्दगी
तिम्रो जीवनको मीठो कहानी बन्न सकूँ

किन्थे होला धनीहरू किन्न पाए निद्रा
निद्रालाई हात दिने सिरानी बन्न सकूँ

इमाडोल, ललितपुर
२७ माघ २०८०

Your Opnion

//