कान्तिपुर इन्जिनियरिङ कलेजले प्रतियोगितात्मक प्राविधिक प्रदर्शनी तथा रोजगार महोत्सव गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कान्तिपुर इन्जिनियरिङ कलेजले प्रतियोगितात्मक प्राविधिक प्रदर्शनी तथा रोजगार महोत्सव गर्ने

कान्तिपुर इन्जिनियरिङ्ग कलेज भवन, धापाखेल ललितपुर

काठमाडौँ  / २७ माघ । कान्तिपुर इन्जिनियरिङ्ग कलेज धापाखेल ललितपुरको प्राङ्गणमा आयोजना हुने KEC Carrier Connect Expo 2024 नामक रोजगार महोत्सब तथा इन्जिनियरिङ्ग तर्फका विद्यार्थीहरुको सहभागितामा हुने काठमाडौँ उपत्यका व्यापी प्रतियोगितात्मक प्राविधिक प्रर्दशनी २०८० (KEC LITE Technical Exhibition) मा सहभागिता जनाई मौकाको फाईदा उठाउन सबैमा कान्तिपुर इन्जिनियरिङ कलेजले आमन्त्रण गरेको छ ।

स्नातक तह इन्जिनियरिङ्ग तथा उच्च माध्यामिक तह प्राविधिक शिक्षातर्फ अध्ययनरत इच्छुक सम्पूर्ण विद्यार्थीहरु समावेश हुनसक्ने गरि तयार गरिएको उपरोक्त अनुसारको प्रदर्शनीमा खास गरी Hackathon, Ideathon, Coding Competition, Robo Race, Robo Soccer, CAD Competition, Survey Rush, Model Competition, कम्प्युटर तथा मोबाईल गेम जस्ता कार्यक्रमहरु प्रमुखरुपमा समावेश हुनेछन् । साथै प्राविधिक सिप र ज्ञानमा आधारित अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समेत समावेश हुने व्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं ।

विद्यार्थीहरुले आफ्नो नविनतम खोज, अनुसन्धानबाट हाँसिल गरेका उपलब्धि वा आविस्कार जस्ता प्राविधिक ज्ञान र सीपहरुको प्रतियोगितात्मक प्रतिस्पर्धाका अतिरिक्त प्रचार प्रसारको अनुपम अबसर प्राप्त गर्न सकिने कलेजले जनाएको छ । त्यसै गरी प्राविधिक तर्फका Fresh Graduate  हरु जो रोजगारीको लागि भौंतारि रहेका छन् तिनले आफू सुहाउँदो रोजगारीको पहिचान गर्ने अबसरसमेत प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी नवितम खोज र अनुसन्धानमा जुटेका अन्वेषकहरुले पनि (२०८० फागुन ९ र १० दुई दिन सम्म संञ्चालन हुने) यस प्रदर्शनीको अबलोकन गरी आफ्नो ज्ञानको मार्ग विस्तार गर्न सक्ने सम्भाबना भएको हुँदा सहभागिताका लागि कलेज परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ ।

Your Opnion

//