काँग्रेस जिल्ला सम्मेलनमा जब देउवा कड्किए - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

काँग्रेस जिल्ला सम्मेलनमा जब देउवा कड्किए

फाइल फाेटाे

काठमाडौं/ २६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले लामो भाषण गर्नेहरूप्रति इंगित गरे र भने-भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए । उनले उद्घोषकलाई भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । देउवाले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।

देउवाले भने, “मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एकजना बसेको हुन्छ । अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।”

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।

Your Opnion

//