लघुवित्तका प्रमुख दीपेन्द्र कटेललाई दलियो कालोमोसो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

लघुवित्तका प्रमुख दीपेन्द्र कटेललाई दलियो कालोमोसो

काठमाडौं/२६ माघ । सुर्खेतमा एक लघुवित्तका हाकिमलाई कालोमोसो दलिएको छ। बिहीबार अपराह्नतिर तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई उनीहरुले कालोमोसो दलेका हुन् ।
प्रहरीले मोसो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका-८ का १६ वर्षीय सन्दीप विक रहेका छन् ।

क्रान्तिकारी युवा संगठनको प्रदेश संयोजक प्रकाश शर्माले संस्थाले असुल गरिसकेको रकम सदस्यहरूसँग पटक-पटक माग्ने तथा यातना दिने, रकम असुलीको नाममा जनतालाई त्रसित गरी घरवार छोड्न बाध्य पारेको, रकम दिन नसक्ने महिलाहरू माथि हातपात गर्ने, चरित्र हत्या गर्ने खालको गतिविधि गरेको लगायतका कारण कारबाही गरिएको बताएका छन् ।

Your Opnion

//