बाँदरलगायत वन्यजन्तुबाट बालीनाली जोगाउन त्रिपुरासुन्दरीले रुख काट्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बाँदरलगायत वन्यजन्तुबाट बालीनाली जोगाउन त्रिपुरासुन्दरीले रुख काट्ने

फाइल तस्बिर

चौतारा/२५ माघ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर तीनले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । वडा अध्यक्ष शिवकुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् ।

‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर तीनको सबै बस्तीमा बाँदरलगायत वन्यजन्तुले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्यक्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

उनले यो काममा सहयोग गरिदिन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीहरुलाई अनुरोध समेत गरेका छन् ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका(११ ले पनि बाँदर आत‌‌ङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतवारीका रुख कटान गर्ने अभियान चलाएको थियो ।

केही दिनअघि मात्र पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले दु:ख दिएको भन्दै रुख काट्ने निर्णय गरेको थियो । त्यसको चर्को आालोचना भएपछि उक्त वडा पछि हटेको छ ।

Your Opnion

//