नेपाल भ्यालुयर्स एशोसिएसनले मनायो भब्यरुपमा आफ्नो १३ औं स्थापना दिवस - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नेपाल भ्यालुयर्स एशोसिएसनले मनायो भब्यरुपमा आफ्नो १३ औं स्थापना दिवस

काठमाडौं /२४ माघ । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभीए)ले हिजो २३ गते मङ्गलबार काठमाडौंमा आफ्ना सद्स्यहरुलाई स्वास्थ बिमा कार्यक्रम लागू गर्दै मनाएको छ । हरेक वर्ष आफ्नो स्थापना दिवस (भ्यालुयर्स डे) मनाउँदै आएको एनभीएले यस वर्ष आफ्ना पूर्वअध्यक्षहरुको स्वास्थ जीवन बिमा गर्दै बिमा कार्यक्रम लागू गरेको जनायो । त्यसैगरि धितो मुल्याङ्कनका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ इन्जिनियर युवराज बज्राचार्यलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसर पारेर एनभिएले आफ्ना अस्थाई सदस्यहरुलाई स्थाई प्रमाण पत्र प्रदान गर्नुका साथै एनभीए न्यूज लेटरको दोश्रो संस्करण पनि सार्वजनिक गरेको थियो ।

उपाध्यक्ष ई.अर्जुनबाबु सेढाईंले स्वागत मन्तब्य दिएर सुरु भएको एनभीए स्थापना दिवस कार्यक्रम एनभीएका अध्यक्ष वरिष्ठ इन्जिनियर ऋषि कोइरालाको सभापतित्वमा भएको हो । उक्त समारोहमा अधिवक्ता एवम एनभीएका कानुन परामर्शदाता नारायण कोइराला, वरिष्ठ ई.देवेन्द्रकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष आ. लैला श्रेष्ठ, उपाध्यक्ष ई. सञ्जयकुमार महतो, पूर्व अध्यक्ष ई. दीपकबाबु कँडेल, पूर्वउपाध्यक्ष ई. अञ्जनीकुमार देवजु, संस्थापक अध्यक्ष ई.बसन्तरमण रजौरे र महासचिव ई.दिनेश पाठकले शुभकामना मन्तब्य दिएका थिए । महासचिव पाठकले संस्थाका गतिविधिहरुको जनाकारी दिंदै भने, ‘यो वर्षदेखि संस्थाका सञ्चालक/प्रोपाईटर/साझेदार मध्येबाट एकजनालाई नि:शुल्क र अन्यका हकमा स:शुल्क स्वास्थ विमा कार्यक्रम लागू गरेको छ।’ उनले आफ्ना अस्थाई सदस्यहरुदाई स्थाई प्रमाणपत्र वितरण र अघिल्ला बर्षझैं यो वर्ष पनि धितो मूल्याङ्कनका क्षेत्रमा लामो समयदेखि उल्लेख्य योगदान पुर्याइरहेका मुल्याङ्कनकर्ता वरिष्ठ इन्जिनियलाई सम्मान गरिने जानकारी गराए ।

त्यस्तै वर्तमान अध्यक्ष वरिष्ठ ई.ऋषि कोइरालाले संस्था स्थापना कालदेखि हालसम्म संस्थामा निरन्तर आवद्ध भई एनभीएलाई आजको दिनसम्म ल्याइपुर्याउन योगदान गर्नु हुने सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनका लागि शुभ कामना दिए । मन्तब्यकै क्रममा अध्यक्ष कोइरालाले एनभीएले अघि सारेका विविध कार्यक्रमहरुमा सबै सदस्यहरुको सहयोग र सहभागिता रहनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रम सञ्चालन एनभीएका सचिव ई.अशोक सिलवालले गरेका थिए । सचिव सिलवालका अनुसार एनभिएका सातवटै प्रदेशमा एनभीए स्थापना दिवस मनाइएको छ ।

 

Your Opnion

//