कृषि र कृषकमा रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कृषि र कृषकमा रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क

फाइल तस्बिर

काठमाडौं/२४ माघ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१र८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउने तयारीमा जुटेको छ । नेपालको कृषि अनुसन्धानमा अग्रणी संस्थाको रुपमा स्थापित (नार्क)ले मुलुकको कृषि क्षेत्रका केही ज्वलन्त समस्याहरुलाई सम्बोधन गरी समाधान गर्ने प्रविधि विकास गर्न बिभिन्न परियोजना निर्माण गर्दै अगामी आर्थिक बर्षदेखि लागू गर्ने आन्तरिक तयारीमा जुटेको छ ।

सरकारले निर्दिष्ट गरेको चैते धान लगायतका बालीहरुको क्षेत्र विस्तार गर्ने उद्देश्यमा सघाउ पुर्याउन गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको वृहत् परियोजना लागू गरी वीउको माग पूरा गर्ने तयारी नार्कको रहेको छ । यसैगरि मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी आत्मनिर्भर अभियान सघाउ पुर्याउने योजना नार्कको रहेको छ ।

सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउँने उदेश्यले नार्कले बृहत वीउ उत्पादन कार्यक्रम ल्याउँन लागेको हो । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईका अनुसार अगामी बर्षहरुमा नार्कको बृहत् वीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात न्यूनीकरणमा यसबाट सघाउ पुग्नेछ ।

सरकारको योजना, नीति तथा कार्यक्रम एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालको निर्देशन अनुसार नार्कले बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने उद्देश्य अनुसार बाँझो जमिन सदुपयोग परियोजना लागु गर्ने तयारी नार्कको रहेको छ । यसका लागि पहिले नार्कका फार्म केन्द्रहरुका बाँझो जमिनको उपयोग र विस्तारै गाउँगाउँका बाँझा जग्गाको उपयोगको लागि उपयुक्त प्रविधिको विकास र विस्तारलाई सघन रुपमा लैजाने योजना छ ।

यसैगरी कागतीमा नेपाललाई आत्मनिर्भर बनाउँनका लागि नार्कले कागतीमा आत्मनिर्भर परियोजना अन्तर्गत नर्सरी व्यवस्थापन, जातीय विकास, गुणस्तरीय बेर्ना उत्पादन र नर्सरी सम्बन्धी तालीमका कार्यक्रम लागू गरिनेछ । तरकारी बालीमध्ये खेती गर्न सजिला तर ठूलो परिमाणमा आयात भइरहेका खुर्सानी, लसुन र प्याजमा प्रविधिको उत्पादन र विस्तारका लागि समेत नार्कले योजना निर्माण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको छ ।

हाल कृषकस्तरमा व्यापकता लिइरहेका स्याउ, सुन्तला र ओखरको संघन खेती प्रविधि विकास र विस्तारमा पनि नार्कले योजनावद्ध ढंगले काम गर्ने बताइएको छ । धेरै उत्पादन र बिक्री हुने तरकारीहरु गोलभेंडा र काक्रोका बर्णशंकर वीउ उत्पादन प्रविधि मार्फत् गुणस्तरीय प्रजनन र मूल बीउको परिमाण बढाउने र माग पूरा गर्नेगरी नार्कले रुपान्तरणकारी परियोजना लागू गर्नेछ ।

पहाडी भेगमा यान्त्रीकरणको वृहत् अनुसन्धान परियोजना मार्फत् नार्कले पहाडका ससाना गराहरुमा उपयुक्त यान्त्रिक प्रविधिको विकास र विस्तारका कार्यक्रम लागू गर्नेछ । बंगुर, स्याउ र अलैंचीको क्षेत्रमा कृषि मन्त्रालय र मातहतका निकायसँगको सहकार्यमा अनुसन्धान र विकासका परियोजना सञ्चालन गर्ने यस्तो सहकार्य बोयर बाख्रा र पंगास माछाको क्षेत्रमा पनि गरिने जनाइएको छ ।

नार्कले हाल मुलुकमा विद्यमान जंगली जनावरबाट हुने वालीवस्तुको क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधिको विकास र विस्तारको लागि पनि रुपान्तरकारी योजना ल्याउँदैछ । विशेषगरि स्थान विशेषमा रहेका बाँदर, बँदेल, निलगाई, सुगा, काग, जुरेली जस्ता जनावरबाट हुने क्षति रोक्न उपयुक्त यन्त्र र प्रविधि विकास गरिनेछ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार यी रुपान्तरणकारी परियोजनाले मुलुकका कृषि क्षेत्रमा देखा परेका मुख्य समस्याहरुको निराकरण गर्न उल्लेख्य मद्दत गर्नेछन् । डा। उपाध्यायका अनुसार नार्कले अगामी आर्थिक बर्षमा सरकारको सहयोगमा किसानसँग वैज्ञानिकको अवधारणा अनुरुप किसानलाई प्रविधि सिकाउन आवासीय तालिमको लागि किसान गेष्ट हाउस, दिनरात समय दिनुपर्ने वैज्ञानिक र अनुसन्धानकर्ताहरुको लागि कर्मचारी आवास गृह, डिजिटल सूचना प्रविधिले युक्त र सुविधा सम्पन्न तालीमहलको समेत व्यवस्था भएको कृषि प्रविधि सूचना भवनको निर्माण जस्ता पूर्वाधार विकासका योजना समेत ल्याउँदैछ । यसैगरि खुमलटारमा खुमल कम्प्लेक्सको वृहत् सुधार तथा सौन्दर्यकरण परियोजना, प्रस्तावित नार्क सेवा आयोग (हालको पदपूर्ति समिति)को भवन, ठूलो अडिटोरियम र क्याफेटेरिया निर्माण गरिने डा.उपाध्यायले बताए ।

 

Your Opnion

//