इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन् - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कJanuary 31, 2024

माघ १६, काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताएका हुन् ।

इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न नसक्ने भएकाले टिमवर्कमा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम ुसरकारी कामु भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा पीपीए भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको र वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत उत्पादन गर्नुपर्ने मिति ९च्ऋइम्० थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे ।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकोले विभागलाई यो परिमाणको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने अवसर भएको पनि कार्कीले बताए ।

इप्पानका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत व्यापार विभागको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले विद्युत खरिद विक्री सम्झौता (पीपीए)का लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पीपीए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भएपनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारुपन ढकालमा भएको भन्दै विद्युत व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए ।

उक्त भेटमा इप्पानकोतर्फबाट अध्यक्ष गणेश कार्की सहित निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्भ पन्त, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता रहेको थियो ।

Your Opnion

//