१ . बद्लाब !
न रहर थियो
न बाध्यता थियो
तिमी बदलियौ
बस् ! बदलिनु थियो ।
२. प्रेम !
न खान दिन्छ
न लाउन दिन्छ
र पनि
प्रेमले सर्वोपरि स्थान लिन्छ।
३. हेराइ !
न केही बिरानो लाग्छ
न कोही दुष्मन
बस् ! प्रेमका आँखाले हेर्न सक्नुपर्छ ।
४. याद !
न जाडोले न सिरेटोले
मुटु कठ्याङ्ग्रिन्छ
केवल ! तिम्रा यादहरुका हुटहुटीले !
५. मौसम !
उस्तै उस्तै लाग्छ
यो मौसम र मान्छेको मन
अनौठो हुन्छ बदलिंदोपन ।
Your Opnion