किन मर्यादा पुरूषोत्तम भए राम ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

किन मर्यादा पुरूषोत्तम भए राम ?

  • ई.भीम उपाध्यायJanuary 23, 2024
अयोध्यामा भर्खरै प्राणप्रतिष्ठा गरिएको श्रीरामलल्लाको मुर्ती

दशरथजस्ता चक्रवर्ति राजाले कसैको स्वार्थमा बहकिएर आफ्ना जेष्ठपुत्र यस्ता महापुरूष पुरूषोत्तम अर्थात् मानिसमध्ये सबैभन्दा उत्तम युवराज रामलाई पनि १४ वर्ष वनबास पठाउन पुगे। पिताको आदेश सहर्ष बिना प्रतिवाद रामले मानेर वनबासको यात्रा तयारी गरिहाले। रामले मसंग नआउ, दरबारमै बसेर पिता दशरथलाई राजकाज सम्हाल्न साथ देउ भनेर जति सम्झाए पनि नमानेर पत्नी सीता र भाइ लक्ष्मण रामको साथै लागेर हिडे। त्यो पिरले दशरथको निधन चॉडै हुन पुग्यो।

पिताको मृत्युसंस्कारमा राम, लक्ष्मण र सीता मलामी जान र किरिया बस्न पनि आउन सकेनन्।

जिन्दगीभरि यस्ता महापुरूषले दुःख पाईरहे तर कहिले कसैसँग गुनासो गरेनन्, तिक्तता देखाएनन्। जीवनलाई आदर्श बनाईरहे। राजा कस्तो हुनुपर्छ भन्ने देखाए। त्यसैले त हिन्दुहरू राम र कृष्णलाई कहिल्यै बिर्सन सक्दैनन्।

रावणलाई युद्धको मैदानमा मारेर रामले लंकाका शासकलाई राजाको योग्यको दाहसंस्कार दिए। चितामा प्रज्वलन गरेपछि रामले घोषणा गरेस् ‘अब रावण रहेनन्, उनी हाम्रो शत्रु रहेनन्, आउनुहोस्, यस क्षणबाट उनको भलाइको लागि मात्र उनलाई याद गरौं। उनका खराब कर्महरू क्षमा होस्।’

धर्म अनुसार जीवन बिताउनेहरूले दिवंगत मानिसहरू वा भविष्यवक्ताहरूको बारेमा खराब कुरा गर्दैनन्। तिनीहरू वर्तमानमा बस्छन् र शान्तिको लागि काम गर्छन्। एक पटक रामलाई एक जनाले गहिरो अपमान गरेको थियो। तर यसमा रामको प्रतिक्रिया धेरै महत्त्वपूर्ण छस् ‘तिमीलाई आफ्नो इच्छा अनुसार बोल्ने सबै अधिकार छ। तर याद गर, तिम्रो शब्द र कार्यले तिम्रो क्षुद्रतालाई प्रतिनिधित्व गर्दछ। शासकको रूपमा म तिम्रो विचार र अभिब्यक्ति अधिकारको लागि खडा हुनेछु। म पनि तिम्रो रक्षा गर्छु। तर याद राख्नु, विचारले कोही पनि सानो हुदैन। कर्मको सद्गुणले मान्छे बितेपछि पनि महान रहन्छन्। सानो मान्छेको सानो बोलीले महानतालाई कहिल्यै नष्ट गर्दैन।’

अयोध्या राम जन्मभूमि जस्तो त्यति ठूलो महत्वको ट्रस्टका सचिव आदरणीय श्री चंपत रायजी सानो कोठामा सुत्नुहुन्छ। । त्यो कोठामा न कुलर छ न AC ! उहॉ खानामा २ वटा रोटी र लौकीको तरकारी मात्र खाने गर्नुहुन्छ। उहॉको पाहुनाहरूले पनि त्यही खान्छन्, त्यही खाना दिईन्छ। उहॉको मिडियाहरूमा खासै चर्चा पनि हुँदैन। उहाँको न प्रचार हुन्छ न चर्चा, न कुनै ताम-झाम छ। यस्ता सन्तहरू पनि छन् अहिलेको भ्रष्टहरूको जमानामा।

रावणको मृत्युमा राम सबैभन्दा दुःखी राम !

रावण विद्वान थिए, शिवका भक्त थिए, पराक्रमी थिए, उनको देश सुनैसुनले सजिएको स्वर्ग र आनन्दित थियो तर उनको दर्दनाक अन्त्य भयो, त्यो पनि सामान्य अयोध्याका वनबासी सोनाबिहीन राजा रामको हातबाट १
रावणको अन्त्यबाट सबैभन्दा बढी दुस्खी राम भएका थिए। यस्तो ज्ञानी विद्वानको अन्त्य युगकै लागि ठूलो क्षति हो भन्ने कुरा रामले बुझेका थिए । रावणको एकमात्र अक्षम्य त्रुटी सीताहरण थियो, जसले उनको काल निम्त्याएको थियो ।

मृत्युशैयामा रावण रहदा रामले लक्ष्मणलाई रावणको छेउमा गएर अन्तिम ज्ञान लेउ भनी अह्राए। लक्ष्मण पुगे र ल अब तपाईँ मर्ने नै हुनुभयो मलाई भएको केही ज्ञान दिनुस भने। रावणले अशिष्ट तरिकाले लक्ष्मण प्रस्तुत भएको लागेर अर्को पट्टि मुन्टो फर्काए, केही बोलेनन् ।

रावण नबोली बसेर केही शिक्षा नपाए पछि लक्ष्मण फर्केर रामलाई सबै कुरा सुनाए । अनि राम आफै रावणसमक्ष पुगे, रावणको पाउमा समाउदै हजुरले मलाई तपाईंमा भएको अथाह ज्ञानबाट केही ज्ञान दिनुपर्यो भनेर विनम्र अनुरोध गरे ।

रावण खुशी भएर भन्न थाले, ‘तपाईँजस्तो सत्पुरूषसंग दुष्मनी गर्नको साटो दोस्ती गरेको भए आज मेरो यो हालत हुने थिएन । मान्छे विग्रने बेलामा मित्रलाई शत्रु र शत्रुलाई मित्र ठान्छ। जब सत्य बुझ्छ, उसको अन्त्य नजिक आईपुगेको हुन्छ। प्राण जाने अन्तिम क्षणमा तपाईँलाई मैले यति मात्र भन्न सकें, याद गर्नुहोला।’ भन्दै रावणले अन्तिम प्राण त्यागे ।

Your Opnion

//