सरकारले जनताप्रति निभाउनु पर्ने कुनैपनि जिम्मेदारी निभाएको छैन् । जनतालाई अत्यावश्यक पर्ने पानी, शिक्षा, स्वास्थ, रोजगारी कुनै पनि दिन सकेको छैन । यो लाछि भ्रष्ट सरकार हो । ३० औं बर्षदेखि सुरु गरिएको मेलेम्ची पानी अहिलेसम्म उपत्यकाबासीले नियमित रुपमा पाउन सकेका छैनन् । त्यसमा पनि योजनाको अबधि थप गर्दै कमिशन खाने बहाना मात्र भइरहेको छ ।
बहुदलीय व्यबस्था आएपछि निजीकरणको नाममा भएका सबै उद्योग काँग्रेस सरकारले व्यापारिलाई कौडिको मुल्यमा जिम्मा लगाइयो । बाँकि भएका उद्योगमा कार्यकर्ताको भर्तिकेन्द्र बनाएर सबै उद्योग बन्द गर्ने अबस्थामा पुर्याइयो । जस्ले गर्दा लाखौं युवाले पाउने रोजगार गुमाए ।
शिक्षामा राजनीतिकरण गरेर शिक्षाको गुणस्तर घटाएपछि विद्यार्थीलाई पढन र रोजगारको लागि विदेश जान बाध्य पारियो । किसानको खेत बारिमा सिँचाइ नभएर सबै खेतबारि बाँझा भए । त्यस्को कारण पनि उत्पादनमा ह्रास आएर सबै खाद्यान्न आयत गर्नु पर्यो । जस्ले गर्दा व्यापार घाटा अरबबाट खरबमा पुग्यो । यस्लाई सुधार्नतर्फ सरकारमा बसेका मन्त्री, सचिब र यस्का संबैधानिक आयोग तथा योजना आयोग कसैको पनि सकरात्मक सोच , धारणा र योजना आउँदैन ।
पंचायति व्यबस्थालाई गालि गर्ने काँग्रेस, कम्युनिष्टका नेताहरुले कमसेकम पंचायतले सृजना गरेका उद्योग मात्र स्थापना गरिदिए नेपालमा धेरै युवाहरुले रोजगारी पाउने थिए भने नेपालको आयत घटेर निर्यात बढ्ने थियो ।
अनैतिक, चाकडिवाज र दलाका झुण्डबाट घेरिएका नेतृत्वका कारण युवाहरु लाचार र निरास भएर बिदेशीनेको ताँती बढ्दो छ ।
केही पढेलेखेका युवा बिद्यार्थी कोरियन भाषा सिकेर राम्रो कमाइको आसमा कोरिया जान थाले । यही शिलशिलामा केही विद्यार्थी एकपल्ट भाषा परिक्षामा अनुतृर्ण भएर दोश्रो पटक परिक्षा दिन खोज्दा त्यस्मा सम्बिन्धत विभागले बाधा पुर्याएपछि विद्यार्थीले आन्दोलन सुरु गरे । शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले अन्धाधुन्द लाठि प्रहार गरि दुईजना युवाको मृत्यु भएपछि युवाहरु झनै आक्रोसित भए । जस्को फलस्वरुप मन्त्रीको गाडिमा आगो लगाइयो । तर बिवेकि युवाहरुले मन्त्री र गार्डलाई बाहिर निकालेर मात्र सरकारप्रतिको आक्रोस पोख्तै मन्त्रीको गाडिमा आगो लगाएका थिए ।
कुनै दिन माओबादीले बसमा यात्रुलाई बाहिर ननिकालि बम पडकाएर चितवनको टाँडीमा ३८ जना निहत्था जनता मारेका थिए । तर तिनीहरुलाई अहिलेसम्म कारबाहिको परिधिमा ल्याइएको छैन । त्यसैले प्रहरी पनि ठूला दलका भातृ संगठनसँग त्रसित हुने तर असंगठित स(साना समुह माथि जर्वजस्तीरुपमा पेस हुनु यो अत्यन्त अपराधपूर्ण कार्य हो । यो घटनाको कारणमा कोरियन भाषा सिकेकालाई कोरिया पठाउने बिभागको पक्षपातपूर्ण निर्णय , प्रष्टरुपमा नआएको अदालति निर्णय र प्रहरी प्रशासनले गरेको ज्यादतिपूर्ण लाठि चार्ज र गोलि चलाउने कार्य देखिन्छ । यस्को छानबिन गर्न न्यायिक आयोग बनाइनु पर्छ । अहिले प्रहरी र प्रशासनका मानिस राखेर समिति बनाइनु भनेको सिर्फ घटनालाई ढाकछोप मात्र गरिने प्रपन्च हो भन्ने प्रष्टरुपमा बुझ्न सकिन्छ ।
बिद्रोह, हत्या हिंसा गरि सत्तामा पुगेको प्रचण्ड सरकार काँग्रेसको निगाहमा राज गरेको गठजोडले जनताको हितमा कुनै कार्य गर्न नसकेकोमा जनता अत्यन्त आक्रोसित छन् । यस्तो बेलामा स्वदेशमा रोजगार गर्ने कुनै उपाय नभएर बिदेशमा गएर केही कमाएर ल्याएर परिवार पाल्छु भन्ने युवालाई अनाहकमा गोलि हानेर मार्नु भनेको ठुलो अपराध हो । अहिले सरकार आफ्ना कमजोरिका कारण जनताबााट अत्यन्त त्रसित मानसिकतामा रहेको आभावस देखिन्छ ।
गत मंसिर ७ गते दुर्गा प्रसाईंले लघुबित्त पीडित जनताका लागि गरिएको एकदिनको बिरोध जुलुसमा हजारौ जनता देखेर नै सरकार त्रसित भइसकेको थियो । त्यही भएर भोलिपल्टबाट आन्दोलन निषेध क्षेत्र भनेर धेरै ठाउँमा जुलुस नारा गर्न प्रतिबन्ध लगायो । सरकार अझैपनि त्यही त्रसित मानसिकतामा रहेकोले आत्तीएर हतारमा गोली चलाएको बालकुमारीको घटनामा देखिन्छ । अन्यथा यी भन्दा ठुला घटना ठुला दलका बिद्यार्थी कार्यकर्ताले जुलुस नारा तोडफोड गर्दा लाठि चार्ज समेत गर्न नसक्ने हुतिहारा सरकार पनि यही हो ।
बालकुमारीको आन्दोलनमा कुनै दलका मानिस नदेखिएका शिर्फ बिदेश गएर परिवार पाल्छु भन्ने निस्कलंक उद्देश्य लिएका निहत्था विद्यार्थी युवालाई कुनै ठुलो अपराध बिना गोलि हानि हत्या गर्नु अत्यन्त ठुलो अपराध हो । युवाको सानो समुहले सरकार, ब्यबस्थामा धक्का पर्ने कार्य नगरेको , कसैको ज्यान सुरक्षामा बाधा नपुगेको अबस्थामा पनि किन गोलि हानियो रु यो सरकारको कुत्सीत मानसिकताको उपज मात्र हो ।
छिचिमिराको मर्ने बेलामा प्वाँख आएजस्तो यो सरकारको पनि दिन गिन्ती सुरु हुनलागेको देखिन्छ । सरकारले जनताप्रतिको गैर जिम्मेवारि र बिद्यार्थी युवाको आक्रोस बढ्दै गएको देखिन्छ । सरकारका भातृ संगठन अझैपनि प्रचण्ड सरकारलाई मात्र टार्गेट बनाइरहेका छन् । यस्को जिम्मेवार काँग्रेस पनि हो । जस्को समर्थनमा यो गैर जिम्मेदार सरकार टिकिरहेको छ ।
आउँदो फागुन महिनाबाट सुरु हुने भनिएको दुर्गा प्रसाइँ, राप्रपा लगायतका बुद्धिजीविको बृहत आन्दोलनले अब कस्तो मोड लिने हो यो सबै नेपाली जनताको चासोको बिषय बनेको छ । उक्त आन्दोलनलाई बालकुमारीका युवाहरु माथि गरिएको दमन गरे जस्तो गल्ती अबश्य पनि यो सरकारका प्रहरी प्रशासनले नगर्लान । अन्यथा यो सरकारको आयु पनि छिटै सकिने छ । त्यसपछि आउने नयाँ सरकारले संबिधानमा आमुल परिबर्तन या ब्यबस्था नै बदल्न सक्छ । त्यसपछि आउने सरकारको पहिलो कार्य सबै भ्रष्ट र मानबअधिकार हनन गर्ने जो कोही ब्यक्तिलाई हदैसम्मको कारबाहि तुरुन्त गर्नेछ । उक्त कारबाहि मल्लीक आयोगका प्रतिबेदन लुकाएर राखेजस्तो , संबिधान बनाउनु अघि जनताका सुझावका पोका नफुकाए जस्तो नगरि तत्काल सबै बिषय कार्यन्वयन गरिनु पर्छ । साथै सुशासन , रोजागरिका कार्यक्रमसहित बिदेशीएका क्षमतावान बिज्ञ युवाहरुलाई स्वदेशमा बोलाएर देश बिकासमा लगाउनु अनिबार्य पर्नेछ । नत्र हाल स्वदेशमा भएका झोले ,दलाल र तश्करका नाइकेबाट देशलले कहिल्यै पनि बिकास नगर्ने निश्चित नै छ ।
हाल— अष्ट्रेलिया
२०८० पौष १७
Your Opnion