नेपाल-बेलायत मैत्री सन्धि : सहभागिले सम्झिए चन्द्रशमशेर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नेपाल-बेलायत मैत्री सन्धि : सहभागिले सम्झिए चन्द्रशमशेर

  • इन्जिनियर्स पोष्ट सम्वाददाताDecember 17, 2023
गुगल फोटो

काठमाडौँ  / १ पुस। नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी नेपालमा शनिबार मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि स्थापित भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त सम्बन्धले औपचारिकता पाएको थिएन ।

मदन पुरस्कार पुस्तकालय र बेलायत नेपाल बौद्धिक परिषद्ले संयुक्त रूपमा आयोजना गरेको शतवार्षिकी सम्मेलनमा सन्धिको आजपर्यन्त उत्तिकै महत्व रहेको सहभागीहरूले जोड दिए। निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालले बेलायतसँको दुई सय वर्ष लामो सम्बन्धमा मैत्री सन्धि दुई देशबिचको कोशेढुङ्गा रहेको औँल्याउनुभयो । सन्धिले दुई देशबिचको पारस्परिक सम्बन्धलाई आधुनिक कसीमा बाँधेको उनले प्रस्ट पारे । नेपालका लागि बेलायतका राजदूत रोव फेनले नेपाल–बेलायतको सम्बन्धलाई मैत्री सन्धिले नयाँ आयाम दिएको बताए ।

कहिले पनि कसैको उपनिवेश नरहेको नेपालको सवालमा बेलायतले त्यो बेला र अहिले पनि सार्वभौम मुलुक नेपाललाई उच्च सम्मान दिएको उनको भनाइ थियो । दुई देशबिच सरकार र जनसम्बन्ध दुबै नै उच्चकोटीको रहेको र पछिल्लो समय नेपालको विकास साझेदारका रूपमा बेलायत रहेको राजदूत फेनले जानकारी गराए ।

कार्यक्रम आयोजक रहेको पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले दुई देशको सम्बन्ध र सन्धिबारे दर्शाउने फोटो प्रदर्शनीका साथै सन्धिको औचित्य र महत्व दर्शाउन शनिबार र आइतबार दुई दिन बौद्धिक बहस गरिने जानकारी दिए ।

पहिलो दिन औपचारिक कार्यक्रममा सन्धिका अध्यता टीकाप्रसाद ढकालले सन्धिको ऐतिहासिक पक्ष, तथा वर्तमानमा यसको औचित्यसहित सन्धिका बहुआयामिक पक्षबारे बताए ।

दोस्रो सत्रमा नेपाल–बेलायत सम्बन्धबारे बौद्धिक बहस भएको थियो। जसमा सन्धिका प्रणेता चन्द्रशमशेर जबरा र त्यो बेलाका ऐतिहासित तथ्यमाथि उनले विश्लेषण गरेका थिए । जैविक विविधता विज्ञ डा. हेमसागर बरालले नेपालमा बेलायतको औपचारिक प्रतिनिधित्व र त्यसपछिका खोज अनुसन्धानको पाटाबारे बोलेका थिए ।

Your Opnion

//