न्यूयोर्कको सोथेबी अक्सनमा परोपकारका लागि बिक्री भए ७.८ यूएस डलरमा मेस्सीका ६ वटा जर्सी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

न्यूयोर्कको सोथेबी अक्सनमा परोपकारका लागि बिक्री भए ७.८ यूएस डलरमा मेस्सीका ६ वटा जर्सी

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कDecember 15, 2023
फाईल तस्वीर

 

काठमाडौँ  / २९ मंसिर । कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि सन् २०२२मा अर्जेन्टिनाले जित्दा उसका कप्तान लियोनल मेस्सीले लगाएकामध्ये ६ वटा जर्सी हालै बिक्री गरिएको छ ।

बीबीसीका अनुसार-अमेरिकाको न्यूयोर्कस्थित सोथेबी अक्सनमा मेस्सीका जर्सीहरू ७.८ मिलियन अमेरिकी डलरमा बिक्री भएको हो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो ।

फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, प्रि-क्वार्टरफाइनल र समूह चरणका दुई खेलमा लगाइएका जर्सीहरू लिलामी गरिएका हुन् ।

धेरैचोटी बालोन डी’ओर जितेका मेस्सीले एकै संस्करणको विश्वकपको समूह चरण, प्रि-क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान समेत कायम गरेका थिए ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा मेस्सीले सात वटै खेल खेलेका थिए । सोथेबीले जनाए अनुसार लिलामीबाट प्राप्त रकमको एक भाग लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ । फाउण्डेशनले दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न मद्दत मिल्ने छ ।

Your Opnion

//