काठमाडौँ / २७ मंसिर । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतको विज्ञापन गरेको छ । आयोगले एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।
आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा भनिएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने जनाईएको छ ।
विज्ञापन:
Your Opnion