काठमाडौँ / २४ कार्तिक । सह-निर्देशकदेखि प्राविधिकसम्म नेपाल विद्युत् प्राधिकरणले करिब ४ सय कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदमा आवेदन माग गरेको हो ।प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सह-निर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ।
३ जना उप-प्रवन्धक, सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानून अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ। प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन पनि सकिनेछ। दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।
सूचना:
Your Opnion