परिवारमा ४ सदस्य चारै जना नोवेल पुरस्कारबाट पुरस्कृत : क्युरी परिवार देखेर दूनियाँ आश्चर्यचकित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

परिवारमा ४ सदस्य चारै जना नोवेल पुरस्कारबाट पुरस्कृत : क्युरी परिवार देखेर दूनियाँ आश्चर्यचकित

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कNovember 5, 2023
फाेटाे श्राेत : गुगल

म्याडम क्युरी: फिजिक्स र केमिस्ट्री दुबै विषयमा १९०३ र १९११ मा नोबेल पुरस्कार जीत्नेवाली दुनियाँकी एक मात्र वैज्ञानिक थिईन् ।

उनी पेरिस यूनिभर्सिटीमा प्रोफेसर हुँदा नै पियरे क्यूरीसँग भेट भयो र उनैसँग बिवाह भयो । दुबै मिलेर रेडिएशनको खोजी गरे जसका लागि पियरे क्यूरीलाई नोबेल पुरस्कार दिने निर्णय गरियो। तर त्यो बेलासम्म पुरुषप्रधान देखिने नोबेल कमिटिले पति पियरे क्यूरीको अडानमाथी पुनर्विचार गर्दै दुबै पति-पत्नीलाई नोबेल पुरस्कार दिन बाध्य भएको थियो ।

क्यूरी दम्पतीका दुई छोरी जन्मे। १८९७ मा आइरीन र १९०४ मा ईव। कान्छी छोरी २ बर्ष नपुग्दै १९०६ मा एक दुर्घटनामा पियरेको मृत्यु भयो। तथापी मेरी क्यूरीले हार मानिनन् र दुबै छोरीको पालनपोषणका साथ-साथ आफ्नो खोजमा तल्लिन हुँदै १९११ मा रेडियम र पोलोनियम विषयमा नोबेल पुरस्कार पाईन्। दुनियाँलाई क्यान्सर जस्तो जघन्य रोगसँग लड्नसक्ने क्षमताको आविस्कार गरेकी मेरीको १९३४ मा ६६ बर्षको उमेरमा निधन भयो ।

असल बाबुआमाका सुयोग्य उनकी ठुली छोरी आइरीनले सन् १९३५ मा फिजिक्समा नोबेल पुरस्कार पाईन् भने कान्छी छोरी ईवले विश्वविख्यात पुलित्जर पुरस्कार र यूनिसेफको प्रमुख हुँदै १९६५ मा शान्तिका लागि नोबेल पुरस्कार पाईन् ।

अचम्म त यो छ कि एउटै परिवारमा आमा, बा, दिदी, बहिनी चारै जना मिलेर नोवेल पुरस्कार पाउने दुनियाँमा अरू कोही हुन सकेनन् । अझ आमा म्याडम क्यूरीले त दुई पटक पाईन् ।

Your Opnion

//