काठमाडौँ / १ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगर्तको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विभिन्न पदहरूमा दर्खास्त माग गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC)ले नेपालको तराई क्षेत्रका २२ जिल्लामा हरित जलवायु कोष (GCF) को सहयोगमा स्वच्छ खाना पकाउने समाधान (CCS) परियोजना कार्यान्वयनका लागि कर्मचारी माग गरेको हो ।
परियोजनाले सफा खाना पकाउने साधनहरू इलेक्ट्रिक कूलस्टोभलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। योग्य, ऊर्जावान र आत्म-प्रेरित नेपाली नागरिकहरूका लागि केन्द्रले आवेदन खुलाएको हो ।
वित्तीय व्यवस्थापन अधिकारी, आयोजना कार्यान्वयन इकाई, काठमाडौँ- १ जना, खरिद अधिकारी, आयोजना कार्यान्वयन इकाई, काठमाडौँ -१ जना, ऊर्जा अधिकारी, आयोजना कार्यान्वयन इकाई, काठमाडौँ -२ जना, प्रदेश संयोजक, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ, प्रदेश ४ जना र प्रदेश ऊर्जा अधिकारी, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ, प्रदेशका लागि ४ जना माग गरेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले थप विवरणहरूको लागि AEPC वेबसाइटस् www.aepc.gov.np बाट डाउनलोड गर्न सक्छन् । परियोजनाका कर्मचारीहरू योग्यता, सान्दर्भिक अनुभव र कार्य सम्पादन गर्ने क्षमताको आधारमा छनोट गरिने केन्द्रले जनाएको छ ।
उम्मेदवारहरूको छनोट सर्टलिस्टिङ, लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा गरिने र उक्त पदहरुका लागि महिला, सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका समूहका उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहन गरिएको छ। पारिश्रमिक र सुविधा परियोजना सञ्चालन निमयवली अनुसार हुने केन्द्रले बताएको छ ।
इच्छुक र योग्य उम्मेदवारहरूले कभर लेटर, सिभि, नागरिकताको प्रतिलिपि, शैक्षिक र अनुभव प्रमाणपत्रहरू सहित AEPC, मध्य-बानेश्वर, काठमाडौं, नेपालको कार्यालयमा ल्यान्ड/कुरियर/इमेल मार्फत मिति मंसिर १ गते बेलुका ५ बजेसम्म पेश गर्न सक्छन् ।
Your Opnion