न्यूयोर्क / १४ असोज । तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशन यही सेप्टेम्वर ३०, २०२३ का दिन भव्यरुपमा सम्पन्न भएको छ । तामाङ समाज अमेरिकाको ऐतिहासिक तेश्रो अधिवेशन न्यूयोर्कको क्विन्सस्थित ओदान ब्यान्क्विट हलमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष विनिता तामाङको अध्यक्षता र समाजका संरक्षक एवं न्यूयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डका अध्यक्ष लुईसाङ वाईवाको प्रमुख आतिथ्यतामा तेश्रो अधिवेशन सम्पन्न भएको हो। प्रमुख अतिथि लुईसाङ वाईवाले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो भने तामाङ समाज अमेरिकाको सल्लाहकारहरु अक्कल तामाङ, सृजना स्याङतान, बौद्ध लामागुरु अक्कल तामाङ र गैर-आवासीय नेपाली संघ अमेरिका न्यूयोर्क शाखाका सचिव राजु तामाङले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तबहादुर तामाङले कार्यक्रममा स्वागत भाषण गरेका थिए भने महासचिव बुद्धिमान घिसिङले कार्यक्रम संचालन गरेका थिए। प्रमुख निर्वाचन आयुक्त अक्कल तामाङ र निर्वाचन आयुक्त सिर्जना स्याङदानले निर्वाचन सम्पन्न गरेका थिए। बन्दसत्रले महासचिवको सांगठनिक प्रतिवेदन, अध्यक्षको समसामयिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसहमत अनुमोदन गरेको थियो ।
तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशनबाट निर्विरोध रुपमा सन्तबहादुर तामाङ अध्यक्ष रहनुभएको नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिमा भोज गोम्बा तामाङ उपाध्यक्ष, एस.के. स्याङतान महासचिव, अन्जु लामा सचिव, आदिप बम्जन कोषाध्यक्ष, एन्जिला लामा सह-कोषाध्यक्ष र सदस्यहरुमा क्रमश: धुतराज डुम्जन,वीर तामाङ, राम तामाङ, रन्जु गाल्थेन तामाङ, अंशुवाईवा, डेचेन लामा, बेगबहादुर तामाङ, स्मृति गाल्थेन तामाङ, प्रेरणा वाईवा, ज्याक तामाङ, भिममाया तामाङ र
सन्त तामाङ रहेका छन् ।
Your Opnion