सडक निर्माण कार्य अलपत्र पार्ने ठेकेदार कम्पनीसँग सम्झौता अन्त्य गर्ने तयारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सडक निर्माण कार्य अलपत्र पार्ने ठेकेदार कम्पनीसँग सम्झौता अन्त्य गर्ने तयारी

  • इन्जिनियर्स पोष्ट सम्वाददाताOctober 1, 2023
फाइल फाेटाे

 

 

काठमाडौँ / १४ असोज । सम्झौता अनुरुप काम नगरेको भन्दै दुई निर्माण कम्पनीसँग ठेक्का अन्त्य गर्ने तयारी भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय गाईघाट दिक्तेल सडक योजनाले उक्त तयारी गरेको हो ।

भरत कन्स्ट्रक्सन, सिद्धि साइ जेभी र द कञ्चनजंघा गोल्डेनगुड जेभीले बिचमै निर्माण छोडी ठेक्काको म्याद समाप्त हुँदा समेत चासो नदिएको भन्दै कार्यालयले १५ दिनभित्र ठोस कारण पेश गर्न पनि निर्देशन दिएको छ ।

म्याद समाप्त हुँदासम्म पनि निर्माण गर्न नसकेकोले कार्यालयले ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अघि बढाउन नपर्ने भए सोको ठोस कारण भए प्रमाणसहित कार्यालयमा उपस्थित हुन पनि सम्बन्धित निर्देशन दिएको छ ।

पेश गरिएका प्रमाणहरु चित्त बुझ्दो नभए सम्झौता अनुसार सार्वजनिक खरिद ऐनअनुसार जमानत तथा धरौटी वापत राखिएको रकम जफत गरिने भएको आयोजनाले जनाएको छ ।

Your Opnion

//