क्रिकेट खेलाडिको किर्तिमानीमा पूर्व राजा गौरवान्वित,भने- प्रतिकुलताका बावजुद मिल्यो खुशी ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

क्रिकेट खेलाडिको किर्तिमानीमा पूर्व राजा गौरवान्वित,भने- प्रतिकुलताका बावजुद मिल्यो खुशी !

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 30, 2023
फाइल फाेटाे

काठमाडौँ  / १३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टोलीले राखेको विश्व कीर्तिमानमा गौरव र प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन् ।

चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी–२० क्रिकेटमा राखेको विश्व कीर्तिमानले अत्यन्तै खुसी तुल्याएको उनले सम्वाद सचिवालय मार्फत बताएका छन् ।

देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकूलताका बाबजुद जुन सफलता हाँसिल गरेका छन् । यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ, उनले भनेका छन् ।

Your Opnion

//