हार्छ कसरी भनुँ हार्दै नहार्ने मान्छे
ज्वाला भएर जन्मेको आगो नै हो त्यो मान्छे ।
उ मृत्यु बोकेर गयो परिवर्तन लिएर आयो
भव्य भविष्य नेपालको अभिलेख बोकेर आयो ।
हार्छ कसरी भनुँ हार्दै नहार्ने मान्छे
ज्वाला भएर जन्मेको आगो नै हो त्यो मान्छे ।
मूर्त अमूर्त विभेदका पीडाहरु झन् कति छन्
खाल्डा खोपिल्टा जति छन् मेट्दै समेट्दै आयो ।
हार्छ कसरी भनुँ हार्दै नहार्ने मान्छे
ज्वाला भएर जन्मेको आगो नै हो त्यो मान्छे ।
जो छन् रीति रिवाजलाई सबै सँगाली ल्यायो
विखण्डित भावनालाई उसैले एक बनायो ।
हार्छ कसरी भनुँ हार्दै नहार्ने मान्छे
ज्वाला भएर जन्मेको आगो नै हो त्यो मान्छे ।
२१ ज्रून २०२०
मक्क्मडाँडा
Your Opnion