राति बास बसे मरिने यमद्वार - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राति बास बसे मरिने यमद्वार

  • हरि मञ्जुश्रीSeptember 25, 2023

तिब्बतको गाउँ दार्चेनबाट ७–८ किलोमिटर पर १५ हजार ५ सय ५० फिटजति उचाइमा देरापुक भन्ने ठाउँ छ । त्यहाँबाट कैलाश प्रस्ट देखिन्छ । त्यहाँको चौरमा एउटा प्रवेशद्वार बनाइएको छ । त्यसलाई यमद्वार भनिन्छ । हेर्दा त्यो द्वार मन्दिर जस्तो छ । माथि गजुर छ, तल खुला छ । द्वारको वरिपरि पेटी छ । भित्रपट्टि विभिन्न देवीदेउताका मूर्तिहरू छन् ।

कैलाश मानसरोवरको दर्शन गर्न जानेहरू त्यही बाटो जान्छन् र त्यहाँ रहेका मूर्तिमा अबीर, अक्षता, धूप आदिबाट पूजा गर्छन् । यमद्वारको पेटीमा मान्छेहरू वरपरबाट सानातिना ढुङ्गा ल्याएर घरजस्तो बनाउँछन् । त्यहाँ त्यसरी घर बनायो भने मरेपछि आफू पुग्ने लोकमा बस्नका लागि घर बनेको हुन्छ भन्ने विश्वास गरिन्छ ।

त्यो द्वार कहिले कसले बनायो भन्ने कुराको प्रमाण भेटिएको छैन । भनिन्छ त्यहाँ राति बास बस्ने मान्छे उज्यालो नहुँदै मरिसक्छ । त्यसैले त्यहाँ राति कोही बस्तैनन् । मान्छेहरू त्यहाँ मर्ने मान्छेले मोक्ष पाउँछ भन्ने विश्वास पनि गर्छन् ।

Your Opnion

//