शनिवार सौगात - हाम्रो सम्बन्ध - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शनिवार सौगात – हाम्रो सम्बन्ध

  • जुनु घिमिरेSeptember 23, 2023
श्रष्टा जुनु घिमिरे

 

 

म जिन्दगी जिएर बिताऊँ भन्छु,
उनी जिन्दगी पिएर बिताऊँ भन्छन्
हो, त्यसै दिनदेखि
हाम्रो सम्बन्धमा कहिले खग्रास लाग्यो
त कहिले खण्डग्रास ।

 

म जिन्दगीलाई साधनामा लगाएर बिताऊँ भन्छु
उनी जिन्दगीलाई भोगी बनेर बिताऊँ भन्छन्
त्यही समयदेखि
रावण र विभीषणको जस्तो सम्बध लिएर हिडेका छौँ हामी ।

 

म जिन्दगीमा प्रेमले भरिएको
इन्द्रलोकको कल्पना गर्दै
आफू अप्सरा बन्न कुनै कसर छोड्दिनँ
उनी कलियुगको कृष्ण बनेर
गोपिनीहरूसँगै नाच्नमा मग्न हुन्छन्
यहि व्यबहार हामीमा विकसित हुँदैगएपछि
हाम्रो सम्बन्ध अप्ठ्यारोमा फलेको
कुनै मीठो फल जस्तै बनेको छ ।

 

म जिन्दगीलाई इश्वरको वरदान मानी
सधैँ हिफाजत गर्नुपर्छ भन्छु
उनी जिन्दगी बा(आमाले भोगेर
निस्किएको निचोड हो भन्दै बेसुरा भएको देख्छु
ठ्याक्कै,
यहि कुरा नमिलेर हाम्रो सम्बन्ध
नदीको दुई किनारा भएको छ ।

 

उनी परम्पराको निरन्तरता चाहन्छन्
म परिवर्तनको आवाज उठाउँछु
हो ,
यही कुरा नमिल्दा
बाहिरी पक्षको चासो बडेको छ
हाम्रो सम्बन्धमा
हामीमाथि टेकेर
अरुले फाइदा लिन खोजिरहेछन्
तर हामी लडिरहयौँ
उठ्नै कठिन हुनेगरी
र त हामी पिङ भएका छौँ
अरुले मच्चाएको ।

 

धनकुटा
(हाल : दुवाकोट,भक्तपुर)

Your Opnion

//