काठमाडौँ / १ असोज । सांस्कृतिक तथा अन्तर्राष्ट्रिय रेस्लिङ खेल शनिबार काठमाडौँको स्वयंभु भुँइखेल चौरमा सम्पन्न भएको छ । उक्त खेलमा स्वदेश तथा विदेशका रेस्लिङ खेलाडीहरु बीच महाभिडन्त भएको थियो ।
अलटिमेट रेस्लिङ ईन्टरटेनमेन्टको प्रस्तुति तथा स्वयम्भु भुंइखेल क्लबको आयोजनामा रेस्लिङ खेल भएको हो । नेपाली लेडि रेस्लर डाइगन मुना श्रेष्ठको सभापतित्वमा सम्पन्न खेलमा प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व खेलकुद मन्त्री एवं हाल गण्डकी प्रदेशसभा सदस्य राजिब गुरुङ (दिपक मनाङ्गे) रहेका थिए । विशिष्ट अतिथि बागमती प्रदेशसभा सदस्य उद्वब थापा र विशेष अतिथि सन्दिप श्रेष्ठ थिए ।
खेल कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा साबित्रा लिम्बु , यम श्रेष्ठ ,धिरज खडका, शिव किङ डगोल, राम डंगोल, सुमन नकाजु, देब कुमार राना छ्न् ।
पहिलो खेलमा नेपाली खेलाडी सेडि र ईन्टरनेशनल (ईन्डियन) खेलाडी मारुती चौहानबिच भिडन्त भएको थियो । निकै रोमाञ्चक भएको खेलमा नेपाली खेलाडी शोल सेडिले बिजय हात पारेका थिए।
दोस्रो खेल ट्याग किङ च्याम्पियनसिप भएको थियो । खेलमा खेलाडीहरु चायनायक र जोन बीच एउटै टिम पार्टनर भएर खेलेका थिए भने अर्को टिममा अजिङ्गर र फागु थिए । दुई – दुई जना गरेर जम्मा चार जनाको बिचको शान्दार खेलमा अजिङ्गर र फागुको टिम बिजयी भएको थियो ।
तेस्रो ईन्टरनेसनल रेस्लिङ म्याच रेस्लर नेपाली खेलाडी बाबा बुइ र ईन्डियन रेस्लर खेलाडी आर के दास बिच भएको थियो । उक्त खेलमा नेपाली खेलाडी बाबा बुइको बिजयी भएका थिए । चौथो खेल गेम मेच हाडकोर रेस्लिङ खेल भएको थियो । उक्त खेलमा लेडि डाइगन मुना श्रेष्ठ र ज्वाला बीच महाभिडन्त भएको थियो । उक्त खेलमा लेडि डाइगन मुना श्रेष्ठले बिजय हात पारेकी थिईन् ।
लेडि डाइगन मुना श्रेष्ठ र ज्वाला बीचको रोमाञ्चक र शानदार रेस्लिङसँगै खेल सम्पन्न भएको थियो।
उक्त खेलमा रेफ्रीको भुमिकामा थिए गजेन्द्र वान्तावा र प्रेम तामाङ ।
Your Opnion