इन्जिनियर केसी बैंकिङ कसुरमा जेल चलान - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियर केसी बैंकिङ कसुरमा जेल चलान

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 18, 2023

काठमाडौँ  / १ असोज । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ३६ वर्षीय सिभिल इञ्जिनियर यज्ञबहादुर केसी बैंकिङ कसुरमा पक्राउ परेपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सर्वोच्च अदालतले २०७९ साल माघ ४ गते बैंकिङ कसुर मुद्दामा साढे १४ लाख जरिवानासहित फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार केसीले जरिवाना बराबरको बिगो समेत गरी २९ लाख रुपैयाँ तिर्नु पर्छ ।

जिल्ला प्रहरी प्रवक्ता जनकबहादुर मल्लका अनुसार सर्वोच्चको फैसलापछि इञ्जिनियर केसी लुकिछिपी बस्दै आएका थिए। भदौ ३० गते घोराही उपमहानगरपालिका–१५ स्थित हिलटन होटलबाट उनलाई पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिएका छन् ।

प्रहरीले उनलाई आइतबार जिल्ला अदालत दाङमा पेश गरेको थियो। अदालतले आइतबार नै फैसला कार्यान्वयनको लागि कारागार चलान गरेको डिएसपी मल्लले बताए।

अदालतले तोकेको रकम तिरे इञ्जिनियर केसी जेलमुक्त हुन पाउने छन्। प्रहरीले लुकिछिपी बस्दै आएको भनिएका इञ्जिनियर केसी लुम्बिनी प्रदेश सरकारको दाङस्थित प्रदेश सभा भवन निर्माण कार्यमा खटिएका थिए ।

Your Opnion

//