‘म बिकाउ माल हुँ, मलाई प्रयोग गर’ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

‘म बिकाउ माल हुँ, मलाई प्रयोग गर’

  • राजेश मिश्रSeptember 18, 2023

 

हिमाल मिडियाका कुन्द दिक्षितले बैंकरबाट पोलिटिसियनको काँचुली फेर्न लालायित अनिल केशरी शाहलाई प्रमोट गरेर अन्तर्वार्ता लिनु स्वाभाविक हो। यी दुवै नेपाली परिप्रेक्षमा ‘बोर्न विथ द सिल्भर स्पून ईन माउथ’ हुन्। भुईंचालो जानु अघि माटो र ढुङ्गालाई एकअर्काको भरथेग हुन्छ ।

एउटा फेनोमेना जस्तो उदाएको रास्वपामा ‘नेतृत्व बिकास’ गर्ने प्रशिक्षकका रुपमा शाहको प्रवेशले भौमानका भक्तको उत्साहमा फ़ूर्को हाल्न सक्छ । तर राष्ट्रिय राजनीतिमा यसको कुनै अर्थ हुने छैन ।

अनिल केशरी शाहले अन्तर्वार्ता दिंदा कुन्द दिक्षितलाई भने, ‘मेरी श्रीमतीका हजुरबुवा सुवर्ण शमशेर हुन्। त्यसकारण म नेपाली कांग्रेस सँग पनि नजिक छु।’

उनले ईमान्दारीपुर्वक यो पनि भन्नुपर्थ्यो, ‘मेरी आमा वृन्दा शाह पंचायतकालमा भारतका लागि अन्तिम नेपाली राजदूत होईबक्सिन्थ्यो। उहाँले नयाँ दिल्लीमा कुनै डिप्लोम्याटिक एक्सरसाईज गर्नु परेन। किनभने उहाँको भूमिका भनेको तत्कालीन बडामहारानी ऐश्वर्यालाई मन परेको साडी र काजू किसमिस जस्ता मरमसला किनेर डिप्लोम्याटिक पार्सलबाट दरबार पठाउनुमा सिमित थियो।’

सुवास नेम्वाङको निधन पछि सामाजिक संजालमा सकृय रबि लामिछानेका अट्याक डगहरुले त्यो चुनाव क्षेत्रबाट अनिलकेशरीको नाम गजबले उचालेका छन्। आधिकारिक कुरा बाहिर आईसकेको छैन।

स्वर्णीम वाग्लेले रबि लामिछानेलाई ‘बीपी कोईराला’ बनाएर तनहुँको उपचुनाव जितेको कुरा धेरैलाई फासफुस लागेको हुन सक्छ। तर वाग्लेले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई ‘म बिकाउ माल हुँ, मलाई प्रयोग गर’ भन्ने संदेश दिएको कुरा धेरैले बुझेका छैनन्। रास्वपा छिर्ने शाह अर्का विकाउ माल हुन्।

चौरासीको चुनावमा लोकरंजन हावी भयो भने नेपालमा युरोप, अमेरिका र भारत अधिनस्थ अधिनायकवादको प्रादुर्भाव हुनेछ। विकाउ कम्युनिष्टका कारण नेपालमा चीनले गरेको लगानी एकछिनमै फासफुस भैसक्यो। कम्युनिष्टहरुको एकता अब सम्भव नहुन सक्छ। तर यीनै कम्युनिष्टहरु चौरासीको चुनाव पछि नयाँ सत्ता समीकरणमा सामेल हुनेछन्। म नेपाली कांग्रेसको बिजोग देख्दैछु।

शेखर कोईराला त्यसै एमाले, राप्रपा, रास्वपा र नेपाली कांग्रेसको एउटा भंगालो लिएर सत्तामा जान लालायित भएका होईनन्। प्रचण्ड अमेरिका र चीन पुगेर नेपाल फर्किंदासम्म काठमाडौँमा थरिथरिका जाउलो पाकिसक्नेछ। राजनीति केवल एक तमाशा हो। तमाशा झन् रोचक तर पीडादायी हुँदैछ।

(मिश्र वरिष्ठ पत्रकार हुन् । उनी हाल अमेरिकामा बस्छन् । यो आलेख उनको फेसबुक पेजबाट साभार गरिएको हो ।) -सम्पादक

Your Opnion

//