काठमाडौँ / असोज । सिन्धुपाल्चोकस्थित बलेफी जलबिरे सडकखण्डमा गएको पहिरो र हिलाम्मे बाटोले स्थानीयले जोखिम मोलेर यात्रा गर्नु परेको छ ।
फाेटाे साैजन्य : कमला पाख्रीन/सिन्धुपाल्चाेक
चार किलोमिटरको बाटोमा दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा बाटो साँघुरो र हिलाम्मे हुँदा यात्रुले कष्टकर, जोखिमयुक्त यात्रा गर्नु परेको हो । सडक स्तरोउन्नतिमा चासो नदेखाउदा यात्रु समस्यामा परेका छन । ठुला सवारी साधनलाइ साइड नपुग्दा चार किलोमिटरको बाटो छिचोल्न दुई घण्टा लाग्छ । साना सवारी साधान हिलोमा डुबेर यात्रा गर्नुपरेको छ । हिलोका कारण साधन चिप्लेर दुर्घटना हुने गरेको यात्रुहरुको गुनासो छ ।
माओवादी केन्द्रीय प्रवक्ता एवम पूर्व सभामुख अग्नि सापकोटा र सङ्घिय साँसद माधव सापकोटाको घर जाने सडक भएपनि उनीहरुको ध्यान यो सडकमा नपुगेको स्थानियको गुनासो छ ।
Your Opnion