राष्ट्रकवि घिमिरेको पुण्यस्मृतिमा पुरस्कार स्थापना - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रकवि घिमिरेको पुण्यस्मृतिमा पुरस्कार स्थापना

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 18, 2023
फाइल फाेटाे

काठमाडौँ /  १ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पुण्यस्मृतिमा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्रद्धय इन्दिवर घिमिरे र राजीव घिमिरेद्धारा राष्ट्रकवि संरक्षक हुनुभएको संस्था मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको नाममा रु.१६ लाख अक्षयकोषमा राखिने भएको छ ।

सो रकमबाट प्राप्त हुन आउने ब्याजबाट प्रतिवर्ष एक लाखका दरले नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टा र साधकलाई पुरस्कार एवम् सम्मान अर्पण गर्ने गरी आज प्रतिष्ठानको तर्फबाट अध्यक्ष विजयराज न्यौपाने र राष्ट्रकविको परिवारको तर्फबाट उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरेद्वारा समझदारीपत्रमा हस्ताक्षर गरी पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ।

राष्ट्रकवि घिमिरेको जन्मदिनको अवसरमा हरेक वर्ष आश्विन ७ गते अर्पण गरिने उक्त पुरस्कारको व्यबस्थापन मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले गर्ने भएको छ ।

Your Opnion

//