धुलिखेल, काभ्रेपलाञ्चोक / २७ भाद्र । बिपी स्टडि युथ सर्कलले बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा धुलिखेलको मेरावेल रिसोर्टमा योजना गरेको ‘युथ आइडिया कन्क्लेभ’ का लागि देशैभरबाट प्रतिनिधिहरु भेला भएका छन् ।
कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लाबाट प्रतिनिधिहरु भेला भएका हुन् । कार्यक्रम ठिक ८:३० बजे सुरु हुने युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरालाले जानकारी दिए । कार्यक्रम उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गर्ने युथ सर्कलले जनाएको छ ।
नेपाली काँग्रेसका नेता गुरु घिमिरे, रञ्जित कर्ण, युथ सर्कलका सल्लाहकार एवम नेता भूपेन्द्रजङ्ग शाही, रिता शाही, सङ्घिय साँसद मैना कार्कीलगायतका युवा नेताहरु धुलिखेल आइसकेको नेवि संघका केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।
काँग्रेस केन्दीय सदस्य मधु आचार्य, विश्लेषक पुरञ्जन आचार्य र जगत नेपाल पनि कार्यक्रममा सहभागी हुने अध्यक्ष ऋषि कोइरालाले जानकारी दिए ।
Your Opnion