सिन्धुपाल्चोकले ११० औं बिपी जन्म जयन्ती बिपी अध्ययन केन्द्रको आफ्नै भवनमा सम्पन्न गर्यो - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सिन्धुपाल्चोकले ११० औं बिपी जन्म जयन्ती बिपी अध्ययन केन्द्रको आफ्नै भवनमा सम्पन्न गर्यो

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 11, 2023

चौतारा / २५ भाद्र। सिन्धुपाल्चोक नेपाली काँग्रेस पार्टीले आफ्नै भवनमा पहिलो पटक जननायक बिपी कोइरालाको ११० औं जन्म जयन्ती भव्यरुपमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

हिजो आइतबार २४ भाद्रमा नवनिर्मित बिपी अध्ययन केन्द्रको सभाहलमा बिपी कोइरालाको स्मृतिमा कार्यक्रम भएको हो । कार्यक्रममा वक्ताहरु नेपाली काँग्रस वागमती प्रदेशका सदस्य कुमार दुलाल, पूर्व सभापति द्वय श्यामबहादुर श्रेष्ठ, भूपेन्द्रबहादुर थापा, क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति तथा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पार्टीका जिल्ला पदाधिकारीहरु, जिल्ला उपसभापति दोर्जे लामा, जिल्लाका विभिन्न तह र तप्काका सभापति, बुद्धिजिवीहरु, चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व पार्टी सभापति र वौद्धिक ब्यक्तित्व ध्रुवलाल श्रेष्ठले बिपी कोइरालाको बहुआयामिक ब्यक्तित्वबारे आ-आफ्ना धारणा राखेका थिए ।

उक्त कार्यक्रममा ञबिपी कोइरालालाई आफूले नजिकबाट नियाल्ने र उहाँका बहुप्रतिभाको सानिध्यता पाएको पूर्व सभापति श्रेष्ठले बताए । त्यसैगरि पूर्व सभापति भुपेन्द्र बहादुर थापाले भने,  ‘बिपीले प्रतिपादन गरेका सिद्धान्त, बिपीले बनाएको पार्टी, संस्थागत रुपमा विधान बमोजिम सञ्चालन गर्न सके बिपीप्रति सच्चा श्रद्धान्जली हुनेछ ।’  सो सभामा जिल्ला सभापति जंगबहादूर लामाले  ‘बिपी अध्ययन केन्द्रको आफ्नै भवनमा बिपी जन्म जयन्ती मनाउन पाउँदा आफू अत्यन्तै हर्षित भएको र अध्ययन केन्द्र भवन निर्माण गर्दा पूर्व सभापति स्वर्गीय रोहिणीराज सिग्देलले पार्टीलाई पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताए । त्यस्तै बिपी अध्ययन केन्द्र निर्माणमा पूर्व सभापति स्वर्गीय विकास लामाको योगदान झनै चिरस्मरणीय छ ।’ लामाले भने, बिपी कोइरालाले परिकल्पना गरे जस्तै नेपाली काँग्रेस सिन्धुपाल्चोकले सबैलाई समेटेर अगाढि बढ्छ यसमा कसैले शङ्का नगरे हुन्छ । कार्यक्रमको सभापतित्व लामा स्वयमले गरेका थिए ।

समाचार नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख चित्रकुमार (सिके) चौलागाईंसँगको कुराकानीमा आधारित छ ।

Your Opnion

//