न्यूयोर्क / २५ भाद्र । अमेरिकामा नेपालको Constitution and National day को उपलक्ष्यमा यहि आउॅंदो सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराउने कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रमको जानकारी आज सेप्टेम्बर १० आइतबार बेलुका ६ बजे मुस्ताङ थकाली किचन ज्याक्सनहाइटमा एक प्रेसमिट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो ।
कार्यक्रममा नेपाली संचारकर्मी तथा समुदायको अगुवाहरु उपस्थिति रहेको थियो भने कार्यक्रमको आयोजना श्याम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्पुर्ण नेपाली समुदायलाई आ-आफ्नो राष्ट्रियता झल्किने पोशाक लगाएर बाजागाजा र झाँकीसहित उपस्थित हुनसमेत अपिल गरिएको छ । कार्यक्रम बिहान ठीक ९ बजे सुरु हुने पनि उक्त कार्यक्रममा जानकारी गराइयो ।
Your Opnion