शुल्क विवाद प्रकरण : प्रतिरक्षामा उत्रियो इन्जिनियरिङ्ग क्याम्पस पुल्चोक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शुल्क विवाद प्रकरण : प्रतिरक्षामा उत्रियो इन्जिनियरिङ्ग क्याम्पस पुल्चोक

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 10, 2023
फाइल फाेटाे

काठमाडौँ  / २४ भाद्र । केही साता अघि इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसले शुल्क वृद्धिको विरोधमा तालाबन्दी र विरोधका कार्यक्रम गरे ।

अर्कोतर्फ सम्बन्धित क्याम्पस प्रमुखहरुले शुल्क वृद्धिको प्रतिरक्षाका लागि क्याम्पसहरुमा आर्थिक समस्याहरु देखिएको, २५ वर्षदेखि शुल्क नबढाएको तथा सरकारी अनुदान पर्याप्त नभएको तर्क दिएका थिए ।

यसैबीच पुन: विभागीय प्रमुखले वक्तव्य मार्फत खुलापत्र सार्वजनिक गरेका छन् । पुल्चोक क्याम्पसका इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ्ग विभागका प्रमुख डा. ज्योति तण्डुकार विभिन्न विषयमा समस्या भएता पनि सकरात्मक काम भएको दाबी गर्छन् । हाम्रो विभाग निकै न्युन बजेटमा चल्छ, उनी भन्छन्( खुलापत्र लेखिएको छ, विभागले पाउने ३० लाख रुपैयाँमध्ये ६ लाख ४८ लाख (२१.६ प्रतिशत) विद्यार्थीले नै लाने गरेको देखिन्छ । यसैगरी उनले विभाग आवश्यकताको ३३ प्रतिशत शिक्षक तथा कर्मचारीले चलिरहेको छ ।

पुरा विभाग २ जना प्रशासनिक कर्मचारीले जवरजस्ती धानिरहेको गुनासो पनि उनको छ । धेरै जसो शिक्षकहरुले हप्तै पिच्छे ब्रेक टाइममा कक्षाहरु लिनुपर्ने बाध्यता छ । उनले आफू सम्मिलित रहेको कमिटिले ३ महीनाको गहन अध्ययनपछि प्रस्ताव गरेको ७ लाख ७५ हजार पूर्ण शुल्क इन्जिनियरिङ्ग शिक्षाका लागि महंगो नभएको बताउँछन् ।

६३० नियमित सिटमध्ये सरकारी १९२ बाहेक ४३८ सिटको सहुलियत समेत यही शुल्कबाट दिइने अहिलेको नयाँ संरचनामा गरिब विद्यार्थीलाई थप छात्रवृद्धि, विद्यार्थीहरुको स्टार्टअपको लागि निर्व्याजी ऋण दिने सहितका व्यवस्था रहेको हुँदा सच्चा विद्यार्थी नेताहरुले यसको विरोधमा उभिनुपर्ने कुनै कारण मैले देखेको छैन, उनले खुलापत्रमा उल्लेख गरेका छन् ।

Your Opnion

//