कहिले सुनको तारा झारिदिने
कहिले अमूल्य आभूषण ल्याइदिने
कसम खाँदै मोहनी लगाउने
निर्लज्ज रातहरूले लुटेर
निर्वस्त्र पारेर तिम्रा वैंशहरूलाई हेर्दा
विश्वासघातले चिथ्रा-चिथ्रा पारेका
तिम्रा पछ्यौरीलाई देख्दा
म तिम्रो वास्तविक रुप हेर्न
पहाड़की रानीको प्रतिच्छाँया हेर्न
दास स्टुडियो पुग्छु
पर्यटकहरूलाई लोभ्याउन राखिएका
तिम्रा तस्वीरहरूलाई हेर्छु
तस्वीरमा त अदृश्य छन् तिम्रा चोटहरू
चाँप र गुराँसले
छोपिएछन् तिम्रा घाउहरू
चियाबारीका हरियालीले,
ढाकिएका छन् तिम्रा चोटहरू
त्यही दिन साँझमा
भोक र तिर्खाले व्याकुल बनेका
तिम्रा आकाङ्क्षा र सपनाहरू
मूल सड़कको किनारमा
अचेत अवस्थामा लमतन्न
तेर्सिरहेको देख्छु
तेर्सिरहेको देख्छु ।
(हाल : नयाँ दिल्ली भारत)
Your Opnion