चीन सरकारले आईफोन चलाउन लगायो प्रतिवन्ध - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

चीन सरकारले आईफोन चलाउन लगायो प्रतिवन्ध

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कSeptember 7, 2023
फाेटाे श्राेत गुगल

काठमाडौँ  / २१ भाद्र । चीनले आफ्ना सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई आईफोन तथा अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न भनेको छ।

पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशक बारेमा सूचना प्रवाह गर्दै आएका छन् ।

वाल स्ट्रिट जर्नलमा उल्लेख भए अनुसार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउन जोड दिन यस्तो कदम चालेको हो । चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन। सूचनालाई सीमित गर्न चीनले यस्तो काम गरिरहेको छ। विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने उसको बुझाई छ ।

सरकारले चालेको यो कदमका कारण चीनमा एप्पल लगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो र चीन एप्पलको सबैभन्दा ठूलो बजार पनि हो ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारका अनुसार कम्पनीको नाफाको १९ प्रतिशत चीनबाट मात्रै प्राप्त हुन्छ । चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ त्यो भने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चीनले केही सरकारी निकायका अधिकारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। वाल स्ट्रीट जर्नलका अनुसार प्रतिबन्धको दायरा नयाँ आदेश अन्तर्गत विस्तार गरिएको छ। यसपटक प्रतिबन्ध कडाइका साथ लागु हुने विश्वास लिइएको छ । चीन सरकारको नयाँ आदेशले चीन र अमेरिकाबीच जारी तनाव झल्काउँछ । अमेरिका र चीनले एक अर्कामाथि प्राविधिक उत्पादनका विषयमा लगातार प्रतिबन्ध लगाउदै आएका छन् ।

अमेरिकाले पनि हालै हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूलाई चिनियाँ सोशल मिडिया प्लेटफर्म टिकटक प्रयोग गर्न निषेध गरिएको छ। अमेरिकी प्रतिबन्धको जवाफमा चीनले नयाँ आदेश जारी गरेको विश्वास गरिएको जर्नलमा भनिएको छ ।

डाटा चुहावटको डरले दुवै देशलाई सताइरहेको छ। अमेरिकाले लामो समयदेखि चीनलाई जासुसी गरेको आरोप लगाउँदै आएको छ । तर, चीनले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ

Your Opnion

//