मर्सिडिज बेन्जले नयाँ विद्युतीय कारको कन्सेप्ट हालै म्यूनिखमा गर्यो सार्वजनिक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मर्सिडिज बेन्जले नयाँ विद्युतीय कारको कन्सेप्ट हालै म्यूनिखमा गर्यो सार्वजनिक

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कSeptember 6, 2023
फाेटाे श्राेत गुगल

काठमाडौँ  / २० भाद्र । मर्सिडिज बेन्जले नयाँ विद्युतीय कारको कन्सेप्ट भर्खरै सार्वजनिक गरेको छ। जर्मनी विलासी कार उत्पादक कम्पनीले उत्पादनको नजिक रहेको विद्युतीय कार कन्सेप्ट सार्वजनिक गरेको हो ।

हालै मर्सिडिजले सार्वजनिक गरेको कन्सेप्ट कार टेस्लाका सबै कारको भन्दा बढी रेन्ज हुनेछ। उक्त कन्सेप्ट कारले एक पटकको फुल चार्जमा ७ सय ५० किलोमिटर रेन्ज दिने बताइएको छ ।

त्यस्तै टेस्लाका विद्युतीय कारले एक पटकको फुल चार्जमा अधिकतम ६ सय ११ किलोमिटर रेन्ज दिन्छन्। जर्मन कार उत्पादक कम्पनी मर्सिडिजले सीएलए क्लासको कन्सेप्ट कार आईएए मोबिलिटी अटो शोमा सार्वजनिक गरेको हो। उक्त कन्सेप्ट गत आइतबार सार्वजनिक भएको थियो। म्युनिखमा मर्सिडिजले ४ नयाँ मोडल सार्वजनिक गरेको थियो।

त्यसैगरि मर्सिडिजले सार्वजनिक गरेका चारवटै विद्युतीय कारको रेन्ज ७ सय ५० किलोमिटरभन्दा बढी हुनेछ। यता टेस्लाका मोडल थ्री, मोडल एसलगायत धेरै रेन्ज दिने कारको अधिकतम रेन्ज ६ सय किलोमिटर हाराहारी रहेको छ।

त्यस्तै म्युनिखमा बीएमडब्लूले पनि नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। बीएमडब्लूका विद्युतीय कार धेरै रेन्ज दिने र छिटो चार्ज हुने सक्ने खालका छन्। यसले जर्मन कार उत्पादकहरुबीचमा विद्युतीय कार उत्पादनमा ब्यापक प्रतिस्पर्धा हुने देखिएको छ।

जनाइए अनुसार युरोपका ठूला कार उत्पादकहरु जस्तो भक्सवागन तथा रेनो चिनियाँ प्रतिस्पर्धीको सस्तो विद्युतीय कारको चेपुवामा परिसकेको सीएनएनले उल्लेख गरेको छ। टेस्लाले भने बर्लिन नजिकै युरोपकै ठूलो विद्युतीय कार प्लान्ट स्थापना गरेर कार उत्पादन गरिरहेको छ।

बीएमडब्लूले नेयु क्लास भिजनमा विद्युतीय कार उत्पादन योजनामा काम गरिरहेको छ। अहिले पनि कन्सेप्टकै चरणमा रहेको ब्याट्री सेलले अहिलेको ब्याट्रीभन्दा २० प्रतिशत बढी उर्जा खपत गर्नसक्ने छ। कार उत्पादनको चरणमा पुग्दा चार्जिङ स्पीड तथा रेन्ज ३० प्रतिशत बढ्ने दाबी कम्पनीको छ । उक्त कारहरु सन् २०२५ सम्ममा बजारमा आइसक्ने कम्पनीले जनाएको छ ।

Your Opnion

//