इन्जिनियरहरुलाई काठमाडौँ महानगरले रोजगारिको अवसर दिने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरहरुलाई काठमाडौँ महानगरले रोजगारिको अवसर दिने

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 4, 2023
फाइल फाेटाे

काठमाडौँ / १८ भाद्र ।काठमाडौँ महानगरपालिका, शहरी योजना आयोगले आयोजनामा आधारित करियर क्याम्प कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यक्रम अन्तर्गत अर्वान प्लानिङ, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर अध्ययन गरेकाहरुले रोजगारीको अवसर पाउने छन् ।

त्यस्तै यी तीन विषयमा स्नातक तह उतिर्ण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालिन प्रशिक्षार्थीको रुपमा लिई महानगरपालिकाले अवसर दिने भएको हो ।

महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप तयारी गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा खटाइने छ ।

यश कार्यक्रमको मुख्य उद्देश्य प्रशिक्षार्थीहरुले शहरी विकास तथा शहरीकरणको वर्तमान अवस्थाबारे जारी गराउने र वृत्ति विकासका लागि सिकाइका अवसर प्रदान गर्ने बताइएको छ ।

इच्छुकहरुले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको वेवसाइटबाट आवेदन दिन महानगरले आह्वान गरेको छ ।

Your Opnion

//