मेरा राम्रा काम लेख्ने हो भने हिमाल खवरका पुरै संस्करणले पनि थाम्दैनन् : ई. भिम उपाध्याय - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मेरा राम्रा काम लेख्ने हो भने हिमाल खवरका पुरै संस्करणले पनि थाम्दैनन् : ई. भिम उपाध्याय

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 1, 2023
फोटो स्रोत : फेसबुक

काठमाडौँ / १५ भाद्र । फेसबुकमा लेखे बापत ताली र गाली दुवै पाउने पूर्व सचिव ई. भिम उपाध्यायका विषयमा हिमाल खवर पत्रिकाले एउटा लामै खोजी रिपोर्टिङ प्रकाशित गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ ।

हिमाल खवर पत्रिकाको रिपोर्टिङ्ग बारे उपाध्याय लेख्छन्- हिमाल खबरलाई मेरो दुष्प्रचार गर्नुपर्ने नौबतसम्म पनि आएछ, धन्यवाद। तर, मेरो हजारौँ असल काम र पीडित दुखित विपन्नहरूलाई पुऱ्याएको सेवाहरूका बारेमा एउटा काम पनि उसको फुटेको ऑखाले के देख्थ्यो ? मेरो असल भाव सहित देश र जनताको सेवाको कामलाई लेख्ने हो भने उसको पूरै संस्करणले पनि थाम्न सक्ने छैन।

उनी सामाजिक सञ्जालमा लेख्दै भन्छन्- हिमाल खबरभन्दा म कम लोकप्रिय र विश्वसनीय छैन, डाहा लागेको होला। उ भन्दा बढी नै समाज सेवा गरेको छु, एक पैसा पनि नलिई। मैले उ जस्तो निहीत स्वार्थका लागि मिशन पत्रकारिता गरेको पनि छैन। सोसल मिडिया के हो मसंग सिकोस्।

म एक जनाले करोडौँको लगानीमा चलेका ठूलो टिम लिएर यस्ता मिडिया भन्दा बढी प्रभावकारी काम गरेको दाबा गर्छु। हिमाललाई भन्दा जनताले मलाई बढी पत्याउछन् होला। पोलिंग गरौँ म चुनौती दिन्छु। हिमाल खबर मिडिया जगतमा झन ठूलो दुष्प्रचारक हो। उनी हिमाल खवर पत्रिकालाई चुनौती दिंदै भन्छन्- मैले गरेका सामाजिक काम र हिमालले गरेका सामाजिक कामको तुलाना गरौं ।

Your Opnion

//