पाँच बुँदे निर्णय गर्दै त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरुको आन्दोलन स्थगित ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पाँच बुँदे निर्णय गर्दै त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरुको आन्दोलन स्थगित !

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 31, 2023
(फाेटाे अामरण अनशनरत विद्यार्थी नेतालाई जुस खुवाएर अनशन ताेडींदाकाे हाे ) स्राेत : सामाजिक सञ्जाल ।

काठमाडौँ /  १४ भाद्र । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत हालै वृद्धि गरिएको शुल्क फिर्ता लिने निर्णय गरिएको छ ।

हिजो बुधवार त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालगायत विद्यार्थी संगठनहरुको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । सो बैठकले ५ बुँदे निर्णय गरेको छ । त्यसमा इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत हाल वृद्धि गरिएको शुल्क फिर्ताका अलावा बुधवार नै विद्यार्थी प्रतिनिधिसहित गठन हुने समितिबाट ७ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय गरिएको जानकारी दिइएको छ ।

यस्तैगरि शुल्क वृद्धिका विषयमा प्राप्त रायसुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने निर्णय गरिएको छ ।

सो शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षालगायत सबै कार्यक्रमहरु सुचारु गरिने, संस्थान अन्तर्गतका अन्य परीक्षा यथावत सञ्चालन लगायतमा कुनै बाधा अवरोध नगर्ने र आमरण अनशनका साथै सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिने निर्णय भएको छ ।

आंगिक क्याम्पसहरुले बि.ई. तथा बि.आर्कमा शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आमरण अनसन पनि बसेका थिए ।

Your Opnion

//