एसिया कप क्रिकेट : नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एसिया कप क्रिकेट : नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ

  • इन्जियर्स पोष्ट न्यूज डेस्कAugust 30, 2023

काठमाडौँ / १३ भाद्र । एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज नेपालले एकदिवसीय वरियताको १५औं स्थानमा भिड्दै छ। विश्व वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग खेल्नु नेपालको लागि चुनौती र अवसर दुबै हो खेलप्रेमिहरुले बताएका छन् ।

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल आज पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३:४५ बजे हुनेछ। एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ। नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

Your Opnion

//