काठमाडौँ / ८ भाद्र । नेपाल इन्जिनियरिङ्ग परिषद मीनभवनले हिजो ७ गते विहिबार एक सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ्ग परिषद ऐन २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषदबाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परिक्षाको लागि आवेदन खुल्ला गरेको छ ।
परिषदले आवेदन दर्ता सम्बन्धी परिक्षाको लागि २ हजार ५ सय परीक्षा शुल्क तोकेको छ । २०८० भाद्र १३ गतेदेखि २०८० असोज २ गतेसम्म आवेदन दिन सकिने छ । त्यसैगरि दोब्बर शुल्क बुझाएर २०८० असोज ३ गतेदेखि २०८० असोज ९ गतेसम्म आवेदन दिन सकिने परिषदद्वारा जारि सूचनामा जनाइएको छ ।
परीक्षा मिति र अन्य जानकारीका लागि नेपाल इन्जिनियरिङ्ग परिषदको वेब साईट हेर्न उसले भनेको छ ।
Your Opnion