काठ्माण्डौर २९ असार । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको र नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध स्वरुप नेपाल सरकारका सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन आज माइतीघर मण्डलामा नेपाल निर्माण व्यवसायी महासंघले आज बिहान ९ बजेदेखि राजधानीको माइतीघर मण्डलामा एक घण्टा धर्ना दिएको छ ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंह, सल्लाहकार तथा पूर्व अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), एसोसिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, कार्यवाहक महासचिव शिवहरि घिमिरे,कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ,लगायतले राज्यले व्यवसायीहरूको जायज माग पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
Your Opnion