ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोकले बुझायो ज्ञापनपत्र - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोकले बुझायो ज्ञापनपत्र

काठ्माण्डौर २९ असार । ट्रेड युनियन काँग्रेस जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ईश्वरी न्यैपानेको नेतृत्वमा हिजो जिल्ला प्रशासन कार्यलाय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने समक्ष ज्ञापनपत्र बुझाएको छ ।

७७ जिल्लामा एकसाथ श्रमिकहरुका माग सम्बोधन गर्न दबाव दिने हेतुले उक्त ज्ञापनपत्र बुझाईएको युनियनले जनाएको छ । श्रमिकको न्यूनतम ज्याला २५ हजार कायम गर्नुपर्ने, योगदानमा आधारित सामजिक सुरक्षा अनिर्वार्य गरिनुपर्ने, स्थानिय तहमा श्रमिकको पञ्जिकरण गरिनुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने र नीति निर्माणको तहमा श्रमिकको प्रतिनिधित्व गरिनुपर्ने लगायतका माग राखिएको थियो ।

Your Opnion

//